Banner Nepal
पार्टीको आमसभा सम्वोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज बुटवल जादैं छन् ।

पार्टीका शीर्ष नेता लिएर अध्यक्ष ओली पार्टीको आमसभालाई सम्वोधन गर्न बुटवल जान लागेका हुन् । राजावादीलाई खबरदारी गर्न सत्तारुढ एमालेले आज बुटवलमा शक्ति प्रदर्शनसहितको सभा गर्न लागेको हो ।

सभामा अध्यक्ष ओलीले सरकारले गरिरहेका काम र देशको वर्तमान अवस्था जानकारी गराउने बताइएको छ । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई अध्यक्ष ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी विरुद्ध नियोजित हमला हुन थालेको बताउदै आएका एमाले नेताहरुले आमसभा मार्फत आफ्नो धारणा कार्यकर्तालाई जानकारी गराउने बताएका छन् ।

जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवलमा गर्न लागिएको एमालेले जनाएको छ । एमालेले गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा सभा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update