Banner Nepal
आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री पौडेललाई प्रतिवेदन बुझाउदै

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यसअघि अन्तरिम प्रतिवेदन बुझाइसकेको आयोगले आज अन्तिम तयारी बुझाउन लागेको हो । मुलुकको शिथिल अर्थतन्त्र सुधारका लागि आयोगले सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।

तयार पारिएको प्रतिवेदनमा अर्थतन्त्रलाई गतिशीलता प्रदान गरेर नागरिकको आत्मविश्वास अभिवृद्धि गर्न अत्यावश्यक रहेको र त्यसका लागि आर्थिक अवसर सिर्जना गर्ने, आर्थिक गतिविधि विस्तार गर्न प्रेरित गर्ने र अवसरहरुमाथि समान पहुँच सुनिश्चित गर्नुपर्ने लगायत सुझाव समेटिएको बताइएको छ ।

सरकारले  पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

गत असोजमा गठन गरिएको आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल हुनुहुन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update