सुनको भाउ
सुन अहिलेसम्मकै सबैभन्दा महँगो, तोलाको १ लाख ८१ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै रेकर्ड कायम गरेको छ ।
आज एकै दिन ५ हजार रुपैयाँ भन्दा बढीले महंगिएर सुनले रेकर्ड बनाएको हो ।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेको छ ।
आज बजार खुलेसँगै सुन एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ ११:५४
प्रतिक्रिया दिनुहोस्