राजतन्त्रको पक्षमा नलाग्ने
कांग्रेस र एमालेका कारण राजावादी हौसिए, सरकारमा बसेर गद्दारी नगर्न चेतावनी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रमुख राजनीतिक दलहरुले नै गर्दा राजावादी सक्रियता बढेको आरोप लगाएका छन् । डा राउतले नेपाली कांग्रेस र एमाले राजावादीको सहयोगी बन्दै गएको आशंका उब्जिएको बताएका हुन् ।
दुई ठूला दल मिलेर सरकार चलाउँदा समेत जनतामा निराशा बढ्दै जानु आश्चर्यजनक भएको उनको टिप्पणी थियो . डा राउतले राजा ल्याउने कांग्रेस र एमाले प्रयासलाई आफ्नो दलले रोक्ने भन्दै केन्द्रीय समितिको बैठकपछि पार्टीले नयाँ रणनीति तय गर्ने बताए ।
मधेशी जनता पञ्चायतकालमा पनि गणतन्त्रप्रति झुकाव राख्दै आएकाले राजतन्त्रको पक्षमा नलाग्ने उनको भनाई थियो । जनताले भरोसा गरेको गणतन्त्र व्यवस्थाको रक्षाका लागि केन्द्रीय समितिको बैठक लगत्तै पार्टीले नया रणनीतिसहित जनताको घरदैलो पुग्ने बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्