चट्याङ लागेर हेडसरको मृत्यु
काठमाडौं । सल्यानमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।
कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन् ।
सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो।
चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ०८:२६
प्रतिक्रिया दिनुहोस्