Banner Nepal
राष्ट्रपति पौडेलको शुभकामना: महिलाको सहभागिता थप समृद्ध हुने विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्वन गरेका प्रावधान महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएक छन् ।

उनले संविधानले प्रत्याभूत गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको सहभागीता थप समृद्ध हुने विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई  निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न सुझाव दिए ।

एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सबैमा राष्ट्रपतिले सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गरेका हुन्  । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update