Banner Nepal
विपन्न विद्यार्थीको सारथी बन्दै सांसद खान

काठमाडौं । पुर्व मन्त्री एवं सांसद अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् ।

विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए ।

उनले निकट भविष्यमा बिद्यार्थीका लागि बिशेष योजना बनाएर बालबालिकाको भविष्य निर्माणमा जोड दिइने बताए ।  

कार्यक्रममा सहभागी बिधार्थीले गित मार्फत स्वागत संगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा जनमत पार्टीका अन्य नेतासहित सयौंको उपस्थिती रहेको खानका निजि सचिव अतिउल्लाह मुसलमानले बताए ।
khan2-1722909334.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update