राजकुमार दम्पत्ती नेपालमा
बेलायती राजकुमार एडवर्ड ६ दिने नेपाल भ्रमणमा, उच्चस्तरीय भेटघाटसहित नेपाल घुम्ने

काठमाडौं । बेलायतका राजकुमार एडवर्ड आज नेपाल भ्रमणमा आएका छन्। श्रीमती सोफियासहित उनी नेपाल आएका हुन्।
उनी केहीबेर अघि त्रिभुवन विमानस्थल ओर्लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ । उनको नेपाल भ्रमण पहिलो हो ।
पौडेललाई भेट्न उनी दिउँसो चार बजे शितल निवास जाने छन् । राजकुमार दम्पत्तीले भोलि ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थान घुम्ने कार्यतालिका छ ।
नेपालमा रहँदा उनी पोखरा पनि जानेछन् । आगामी आइतबारसम्म उनी नेपालमा रहने छन् । उनी भारतको भ्रमण सकाएर नेपाल आएका हुन् ।
बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । उनी वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १०:१३
प्रतिक्रिया दिनुहोस्