Banner Nepal
केबलकारको विवाद समाधानका लागि आज पनि वार्ता हुने, मेची राजमार्गमा बन्दकर्ताको प्रदर्शन

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानकालाई आज पनि वार्ता हुदैछ ।

हिजो अबेरसम्म भएको वार्ता निश्कर्षविहिन भएपछि आज पुन वार्ता हुन लागेको हो ।  

वार्ता बिहान बिहान ११ बजे पुनः बस्ने सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको छैन।

आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायतका माग पेश गरेका छन् ।

यता, राजधानीमा वार्ता जारी रहदा विरोधमा उत्रेको नो केबलकार समूहले उता पूर्वमा रुख ढालेर सडक अवरोध गरेको छ ।

आम हड्तालको आह्वान गरेको समूहले हिजो मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अबरोध गरेको थियो ।

सरकारसँग  वार्ता गरेपनि बन्दलाई यथावत राखिएको बन्दकर्ताहरुले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update