
काठमाडौं । आज शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी । आज सरस्वतीको पूजा आराधनाका साथै वसन्त श्रवण गर्ने प्रचलन छ ।
आजका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोकाको नासल चोकमा वसन्त श्रवणको विशेष समारोह हुने गर्दछ । जहाँ राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिसहित देशका उच्च पदस्थ व्यक्तिहरूलाई वसन्त श्रवण गराइन्छ ।
आज पनि बिहान नासल चोकमा वसन्त श्रवणको औपचारिक कार्यक्रम बनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ बजेर ५५ मिनेटमा वसन्त श्रवणको कार्यक्रम सुरु गरिएको थियो ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार आज वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेलका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको छ ।
हेर्नुहोस् तस्वीरमा