Banner Nepal
‘नो केबलकार’  पक्षधरले गरेको बन्दका कारण अरुणपूर्वका ९ जिल्लामा असर, ताप्लेजुङ सबैभन्दा बढी प्रभावित

 

काठमाडौं । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आह्वान गरेको बन्दको प्रभाव पूर्वी जिल्लामा सामान्य परेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको हो । बन्दको पहिलो दिन त्यहाँ सामान्य प्रभाव परेको स्थानीयहरुले बताएका छन् । 

प्रहरीका अनुसार आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य  रहेको प्रहरीले जनाएको छ । 


पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला ९झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर० मा बन्दको आह्वान गरेको हो ।


एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जना प्रहरीको गोली लागेर घाइते भएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update