Banner Nepal
भारतले सहयोग गर्ने देशको सूचीमा नेपाल दोस्रो, सबै भन्दा धेरै सहयोग भुटानलाई

काठमाडौं । भारतले सबै भन्दा धेरै भुटानलाई अनुदान दिएको छ । भारत सरकारले संसदमा हिजो प्रस्तुत गरेको बजेटमा भुटानले सबै भन्दा धेरै अनुदान पाउने भएको हो ।

हिजो सार्वजनिक बजेट अनुसार भारतले भुटानलाई यो वर्ष १७ सय ७५ करोड अनुदान र ३७५ करोड ऋण उपलब्ध गराउने भएको छ ।

भारत सरकारले जारी गरेको आगामी बजेटमा नेपालका लागि ७ सय करोड भारतीय रुपैयाँ अर्थात् ११ अर्ब २० करोड रुपैयाँ अनुदान छुट्याएको छ । गत वर्षपनि भारतले त्यति नै रकम नेपाललाई सहयोग गरेको थियो ।  छिमेकी राष्ट्रहरूमध्ये भारतबाट धेरै अनुदान पाउने देशको सूचीमा नेपाल दोस्रो हो ।

श्रीलंका र माल्दिभ्सले बराबर अनुदान पाउने भएका छन् ।  ती दुवै देशले समान ६ सय करोड अनुदान पाउने भएका हुन् । भारतको अर्को छिमेकी बंगलालादेशले भने १ सय २० करोड पाउने भएको छ । 

त्यस्तै, भारतले म्यानमारका लागि ८५ करोड ६६ लाख छुट्याएको छ भने अफगानिस्तानका लागि भने २० करोड मात्रै छुट्याएको भारतीय सञ्चरमाध्यमहरुले जनाएका छन् । हिजो जारी गरिएको बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट हो । 

भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार आठौँपटक बजेट सार्वजनिक गरेकी हुन् । त्यहाँको अर्थ मन्त्रालयको प्रक्षेपणअनुसार आगामी वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतसम्म वृद्धि हुने बताइएको छ । 


 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update