Banner Nepal
माओवादी केन्द्र भोलिदेखि बस्न लागेको संसद बैठकका लागि रणनीति तयार गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । 

बैठक भोलिबाट सुरु हुने हिउँदे अधिवेशनमा केन्द्रित हुने दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सदनमा कसरी पस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो । 


सरकारले ल्याएको अध्यादेश, विधेयक, सदनको प्रभावकारितालगायत विषयमा संसदीय दलको बैठकमा छलफल हुने पाण्डेको भनाइ छ । 

सरकारले संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुनेगरी बोलाएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने कार्यसूची छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update