Banner Nepal
विराजले बोलाए रास्वपा संसदीय दलको बैठक, अध्यादेशका खोटहरु खुट्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे पार्टी कार्यालय बस्ने नेताहरुले बताएका छन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ । दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।

बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ । 

बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने नेताहरूले बताएका छन् । रास्वपाले सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको बताउँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update