Banner Nepal
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउसो १ बजे बस्ने छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संसदको आसन्न अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 


सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न  एमालेले संसदीय दलको बैठक बोलाएको हो ।  
माघ १८ गतेबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update