Banner Nepal
तराईका अधिकांस स्थानमा हुस्सु र कुहिरो, हिमाली र पहाडी भेगमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।


कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना  छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने  छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।


मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।


बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।


गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।  तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि यही अवस्था रहने महाशाखाले जनाएको छ । 

लुम्बिनी प्रदेशमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना छ । राति पहाडी र तराई क्षेत्रमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

कर्णाली प्रदेशमा आज दिउँसो मौसम मुख्यतया सफा रहने सम्भावना छ । 

सुदूरपश्चिम प्रदेशमा दिउँसो मौसम मुख्यतया सफा रहने छ । 

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update