सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले आज कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले संसदको आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।
विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छुट्टा छुट्टै छलफल गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ०७:४६
प्रतिक्रिया दिनुहोस्