Banner Nepal
खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक ओपन’

१४ माघ, २०८१
काठमाडौ, 
तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो । 

२०७६ सालको भदौ २२ गते मन्त्री परिषदले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोहि अन्तर्गत सेनाले ‘ट्र्याक ओपन’ गराएको हो । रानी बिराटनगर देखि संखुवासभाको किमाथाङ्का सम्मको ३९० किलोमिटर सडकले नेपाललाई दुवै छिमेकी मुलुकसँगको सडक सम्पर्क थप सहज बनाएको छ । च्याम्ताङ् देखि घोङ्प्पा सम्मको १०.५१ किलोमिटरको ट्र्याक निर्माणसँगै यस क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय व्यापार समेत वृद्धी हुने अपेक्षा गरिएको छ । 

श्रोत अभाव हुन नदिने प्रतिवद्धता

ट्र्याक ओपन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकमा श्रोत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कोशी करिडोर पूर्ण सञ्चालनमा आएसँगै यहाँको कृषि, पर्यटन तथा व्यवसायीक क्षेत्रमा हुने विकासले स्थानीयको आर्थिक स्तर समेत उक्सिने मन्त्री दाहालले बताए। भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताका विच पनि नेपाली सेनाले ट्र्याक खुलाउन निरन्तर मेहनह गर्नु सह्रानिय भएको पनि उनले उल्लेख गरे ।

ट्र्याक खुल्ला गराउने कार्यक्रममा मन्त्री दाहालका साथै रक्षा मन्त्री मानवीर राई, उर्जामन्त्री दिपक खड्का, पूर्व सांसद राजेन्द्र गौतम लगायत उपस्थित थिए। यस्तै मन्त्री दाहाल सोमबारनै सोलुखुम्बूकै नेचासल्यान–३ स्थित हिमाल दर्शन माविको स्वर्ण जयन्ती समारोहमा समेत सहभागी भए । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update