Banner Nepal
प्रधानमन्त्री ओलीले आज सांसदलाई जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद( ९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। 

यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

बिहीबारको बैठकमा त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

सांसद डा। तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ।

धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधयेक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ।

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी ९पहिलो संशोधन० विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक प्रस्तुतगर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ।

अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update