Banner Nepal
कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कांग्रेसले जनाएको छ । 


संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको  प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।


बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने छ ।


आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update