राष्ट्रिय सभाको बैठक बस्दै, टीआरसी विधेयक पेश गर्ने कार्यसूची
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ०७:५३
प्रतिक्रिया दिनुहोस्