Banner Nepal
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

केन्द्रीय कार्यसमिति बैठकका लागि गर्न छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता गोपाल दाहालले बताए । बैठक आज दिउॅसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने छ । 

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने दाहालले बताए । 


 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update