रेल दुर्घटना
भारतमा भएको रेल दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि, मृतकको संख्या १२ पुग्यो
-1737603281.jpg)
काठमाडौं । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमध्ये तीन जना नेपाली भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारका अनुासरनेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको मृत्यु भएको हो ।
त्यस्तै, भारतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जना मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा अन्य दर्जनौं घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ ०९:२१
प्रतिक्रिया दिनुहोस्