रवि बयानका लागि जिल्ला अदालत रुपन्देहीमा हाजिर
-1737520274.jpg)
काठमाडौं । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । अदालतमा हाजिर हुनका लागि उनी हिजै भैरहवा पुगेका थिए ।
अदालतका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा हाजिर भएका हुन् ।
उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।
सोही मुद्दाको बयानका लागि उनी रुपन्देही अदालत पुगेका हुन् । यसका लागि उनको साथमा केही कानुन व्यवसायी पनि सँगै छन् ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १०:१७
प्रतिक्रिया दिनुहोस्