महतोको दल राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ग्याँस सिलिण्डर

काठमाडौं । राजेन्द्र महतोको राजनीतिक दल ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले महतो अध्यक्ष रहेको सो पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ । सो पार्टीको झण्डा भने भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको पार्टीका नेता केशव झाले बताए ।
दल दर्ता नंवर २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष महतोले विज्ञप्ती मार्फत अपील गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ०९:३५
प्रतिक्रिया दिनुहोस्