Banner Nepal
रवि आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगिसकेका छन् ।

 रविसँगै पत्नि निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन् । 


बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।  सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । 


सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।


 रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड  र गोर्खा मिडियाका नाममा  २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update