
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिदै आफु सहकार्यका लागि उत्साहित भएको बताएका छन् । ओली सामाजिक सञ्जाल एक्स मार्फत ट्रम्पलाई बधाई दिएका हुन्। उनले एक्समा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’
ओलीले ट्रम्पको कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना सन्देश दिदै ट्रम्पलाई बधाई दिएका छन् ।
उनले ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा महामहिम श्री डोनाल्ड जे। ट्रम्पलाई हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना। मलाई आशा छ कि नेपाल र संयुक्त राज्य अमेरिका बीचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तारित हुनेछ।’