Banner Nepal
एमालेको सचिवालय बैठक बस्ने तयारी 

काठमाडौं ।  नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।  समसामयिक विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाउन लागेको हो ।

यद्यपी बैठकको समय भने निश्चित छैन । एमालेले यसअघि पुस २१ देखि २३ मा केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका निर्णयलाई अन्तिम रुप दिनका लागि सचिवालय बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।  

 सचिवालय बैठक बस्ने यकिन भएपनि समय भने तोकि नसकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

अधिकारीले भने ‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’। केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने अभियान चलाउने निर्णय गरेको थियो ।


 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update