देश रित्तिने त्रास
विदेश जाने युवाको लर्को रोकिएन, पछिल्लो ६ महिनामै ४ लाख नेपालीले देश छोडे
-1737259675.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झण्डै ४ लाख नेपाली कामको खोजीमा विदेश उडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस सम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।
विभागले पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएको जनाएको छ । व्यक्तिगत तबरबाट १ हजार ८५ तथा मेनपावरबाट सहित कुल ६७ हजार २५८ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
विभागका अनुसार ६ महिनाको अवधिमा पुसबाहेक मात्रै व्यक्तिगत तबरबाट ५४ हजार ३७४, मेनपावरबाट १ लाख ३१ हजार ८५०, पुन श्रमस्वीकृतिबाट १ लाख ३५ हजार ४२५ तथा जीटुजीमार्फत ४ हजार १६० जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ ०९:५३
प्रतिक्रिया दिनुहोस्