
काठमाडौं । नेकपा (एमाले)लेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि प्रवेश गर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन लगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।
१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताए ।
‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले भने , ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ ।
अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने लहरलाई रोक्न सक्नुहुन्न ।’
एमाले भित्र मत राख्न पाइदैन, बहस गर्न पाइदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उल्लेख गरेका महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको दाबी गरे ।
पार्टीका पूर्व उपाध्यक्ष डा. भिम रावल आफै एमालेमा रहन नचाहेका कारण पछिल्लो परिस्थिती सृजना भएको भन्दै महासचिव पोखरेलले भने, ‘पार्टीले निर्णय गर्नु भन्दा अघि आप्mना धारणा राख्ने हो ।
निर्णय भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने हो तर उहाँ (डा. भिम रावल)ले स्थापित विधि भित्र नबसेर सँधै निर्णय र नेतृत्वको आलोचना मात्रै गर्नुभयो ।
पार्टीले दिएको एक वर्षको समयलाई पनि वेवास्ता गर्नुभयो र अन्तमा आफैले एमाले नरहने वातावरण सृजना गर्नुभयो ।
यो वास्तविकता नबुझेका एमाले बिरोधीहरुले पार्टी भित्र अभिमत राख्न दिइदैन, छलफल हुदैन भन्ने भाष्य निर्माण गर्दै हिडिरहेका छन् ।’