Banner Nepal
समाजवादी प्रेस संगठनद्वारा सुवेदीलाई कारवाही, मालासहित चौतारीमा स्वागत


काठमाडौं । समाजवादी प्रेस संगठनले अध्यक्ष विश्वमणि सुवेदीलाई पार्टीबाट निष्काशन गरेको छ ।

संगठनले आज विज्ञप्ती मार्फत अध्यक्ष सुवेदीलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको जनाएको हो । संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीद्वारा जारी विज्ञप्तीमा अध्यक्ष सुवेदीले संगठन र पार्टी विरोधी गतिविधि गरेको उल्लेख छ ।

सुवेदी दलबलसहित आजै प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । समाजवादी प्रेस संगठन छाडेका उनीहरुलाई एमाले महासचिव शंकर पोख्रेलले खादा र मालासहित चौतारीमा स्वागत गरेका हुन् ।

पढ्नुहोस विज्ञप्ती

bigyapti-1737109807.jpeg
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update