एसपीको बढुवा
नेपाल प्रहरीका २५ एसपीको एक साथ बढुवा, पहिलो नम्बरमा थापा

काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।
त्यस्तै, बढुवाको लिस्टमा वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि परेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्