Banner Nepal
रविलाई  पुन: काठमाडौं जिल्ला अदालत लगियो,आज थुनछेक बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने भएका छन्। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। 

हिजो थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो। योसँगै रवि थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने भएका छन्।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ । सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो ।

बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरेपनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेका हुन्।

रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा धेरै अपचलन गरेको आरोप छ। 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update