Banner Nepal
रवि आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगको मुद्दामा उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा  धरौटीमा रिहा भएका  लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा अबेर भएकाले उनी आज मात्र अदालतमा हाजिर हुन लगेका हुन् । 


लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update