Banner Nepal
लज एन्जल्समा आगोको त्रास, डढेलोबाट हजार बढी घर जलेर खरानी

काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट ११ सय बढी घर जलेर खरानी भएका छन् । आगलागीमा परेर केही हताहती भएको खबर सार्वजनिक भएको छ । अहिले फैलिएको डढेलो अहिलेसम्मकै विनाशकारी भएको बताइएको छ ।

सो स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको हो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाड त्यहाको पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ सोही स्थानमा अहिले डढेलो फैलिएको छ ।

त्यहाँ पुगेका पर्यटक धमाधम फर्कन थालेका छन् । उनीहरुका अनुसार आगोको खतराबाट कोही पनि सुरक्षित छैनन् ।

 ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा ठूलो क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने भन्दै स्थानीय सरकारले चेतावनी जारी गरेको छ ।


डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।

जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update