काठमाडौं । चीनको केन्द्रविन्दु भएर विहान सबेरै गएको भूकम्पका कारण चीनमा ३२ जनाको मृत्यु भएको छ । जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण आसपासका क्षेत्रमा ३२ जनाको मृत्यु भएको हो ।
चिनिया समाचार संस्थाका अनुसार अन्य धेरै व्यक्ति हताहत भएका छन्।
सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८ दशमलव ५ डिग्री उत्तर अक्षांश र ८७ दशमलव ४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो।
नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पको धक्काको महशुस नेपालमा पनि महशुश गरिएको थियो।
नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेपनि चीनको भूकम्प नेटवर्क केन्द्रले भने ६ दशमलव ८ मापन गरेको छ ।
भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।