गुडीरहेको माइक्रोबसमाथि ढुंगा खस्यो
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुई जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ को १७ किलोमा काठमाण्डौबाट नारायणगढतर्फ गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा नवलपुरको देवचुली नगरपालिका–१३ की ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कञ्चन घाइते भएका हुन् । दुवै जना त्यही माइक्रोबसका यात्रु हुन् ।
घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १९:५०
प्रतिक्रिया दिनुहोस्