काठमाडौं । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन ४० केजी एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको छ ।
नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए ।
“आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ । यसलाई अलैँचीको बजारमा देखिएको सुधारको सङ्केत मान्नु पर्छ,” उनले भने।
उनले १२ वर्षपछि आइतबार अलैँची प्रतिमन ९४० किलो० एक लाख रुपियाँका दरले कारोबार भएको बताए।
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभालगायतका जिल्लामा अलैँची खेती हुने गरेको छ ।