काठमाडौंको वायु विश्वकै प्रदुषित सहरको १० औं स्थानमा
काठमाडौं । आज मापन गरिएको एक्यूआइ इन्डेक्सका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा पुगेको छ । काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको इन्डेक्सले देखाएको हो ।
एक्यूआइ इन्डेक्सका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ पुगेको छ।
इन्डेक्समा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ ।
त्यहाँ एक्यूआई ७७३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ ।
दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई ३११ रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १०:२८
प्रतिक्रिया दिनुहोस्