काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत बुटवल लैजान लागिएको हो । आजै बयान सकेर आज नै लामिछानेलाई पोखरा फर्काउने तयारी छ । रास्वपाका कार्यकर्ताले बुटवलमा प्रदर्शनको तयारीसमेत गरेका छन् । बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो ।