Banner Nepal
निर्माणाधिन ग्वार्को फ्लाई ओभर पुगेर मन्त्री दाहालले भने– ‘निर्माण कार्यमा ढिलासुस्ती सहन सकिन्न’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रालयका उच्च अधिकारीहरु सहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थल पुगेका हुन् ।  निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए।

उनले पूर्वाधार तथा विकास आयोजना निर्माणका काममा हुने ढिलासुस्ती सह्य नहुने चेतावनी दिए। काठमाडौको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको सो फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमानै सक्न दाहालको निर्देशन थियो।

निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारी पनि मन्त्रीसँगै निर्माणस्थल पुगेका थिए । 

२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको फ्लाई ओभरको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर लामो  ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले जिम्मा लिएको छ ।

1-1731301492.jpg

1-1731301536.jpg

2-1731301536.jpg

3-1731301535.jpg

5-1731301534.jpg

4-1731301533.jpg

1-1731301492.jpg

1-1731301536.jpg

2-1731301536.jpg

3-1731301535.jpg

5-1731301534.jpg

4-1731301533.jpg

1-1731301492.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update