काठमाडौं । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई काठमाडौँ ल्याई अदालतबाट दुई दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटालाई जापानबाट डिपोर्ट गरिएको थियो। नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको आरोप लागेको छ ।
मानव तस्करीम मुछिएपछि अधिकारीले मन्त्रीको पदबाट राजीनामा दिएका थिए भने एमालेले पनि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी उनलाई निलम्बन गरेको छ ।