अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) आजदेखि सुरु हुँदैछ।
सम्मेलन नोभेम्बर २२ तारिख ९मङ्सिर ७ गते० सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल हिजै बाकु प्रस्थान गरिसकेका छन् । उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् ।
एक सय ९२ वटाभन्दा धेरै देशहरुका राष्ट्रप्रमुखदेखि उच्च पदस्थअधिकारीहरुसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्ने कार्यतालिका छ ।
बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु लगायतका उदाहरण दिँदै जलवायुजन्य हानी नोक्सानीका लागि वित्तीय पहुँचका लागि नेपालले पैरवी गर्ने छ ।
सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान ९एनडीसी० तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तराष्ट्रिय जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा जलवायु वित्तलाई नेपालले प्राथमिकता दिने तयारी छ ।