Banner Nepal

 

काठमाडौं । रूपन्देहीको मुझानामा सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ। 


भारतबाट अवैध रूपमाु चिनी ल्याइ राखिएको भन्ने सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी र  राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीमाथि ढुंगामुढा प्रहार भएको हो। 


सशस्त्र प्रहरी र राजश्व कार्यालयको टोलीले गोदामबाट चिनी बरामद गरेर लैजाने क्रममा तस्कर समूह र स्थानीयले ढुंगामुढा प्रहार भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। त्यसक्रममा दुई जना सशस्त्र प्रहरी घाइते हुनुकासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको  छ। 


गोदामबाट १ सय १२ बोरा चिनी बरामद गरेर राजश्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ।

बाटो अवरुद्ध गरी ढुंगामुढा गरिएपछि सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा ७० जनाको टोली परिचालन गरेर भिड तितरवितर पारिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसपी थापाका अनुसार स्थानीयले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल सुरक्षा बेस लुम्बिनीको ना१झ १४७७ नम्बरको गाडीको दायाँतर्फका दुईवटा झ्याल फुटेका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल २७ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी राजस्व इकाई बुटवलमा कार्यरत जवान चन्द्रमा पाण्डेको दायाँ हातमा चोट लागेको छ । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ ।

Baramad-Chini-Sugar-APF_0Tugi4xgbG-1731162078.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update