बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चुनिइन्
काठमाडौं । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चुनिएकी छन्। कन्जरभेटिभ दलले उनलाई शनिबबार नयाँ नेता चुनेको हो।
नेता चुनिएसागै उनले मतदाताको विश्वास जित्न कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन्।
बेडनक नाइजेरियाली मूलकी हुन् । बेडनक बेलायतमा प्रमुख पार्टीको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुन्।
४४ वर्षिया केमी बेडनक ब्रेक्सिटको कडा समर्थक पनि हुन्।
उनी आप्रवासी मुद्दाहरू र ट्रान्स समुदायका अधिकारहरूमा खुला विचार र कडा अडानका लागि परिचित छन्।
यसअघि सो पार्टीका नेता पूर्व प्रधानमन्त्री ऋषि सुनक थिए।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ ०९:२०
प्रतिक्रिया दिनुहोस्