अरिङ्गालले टोक्दा भाइटीकाको अघिल्लो दिन दिदीभाइको मृत्यु
काठमाडौं । अरिङ्गालले टोकेर बझाङमा दिदी भाइको मृत्यु भएको छ। थलारा गाउँपालिका–२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो।उनीहरु दिदीभाइ हुन्।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए।
अरिङ्गालले टोक्दा सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा सख्त घाइते भएका छन् । उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ।
शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्