काठमाडौं । हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियामाथि शानदार जित हासिल गरेको छ। मोङ कोकमा जारी खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ५ विकेट गुमाएर मात्र १०० रन मात्र बनायन सक्यो।
अस्ट्रेलियाका लागि ज्याक वुडले ५५ रन र एलेक्स रसले १४ रन बनाए। नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम र विवेक यादवले १ १ विकेट लिए।
नेपालका लागि प्रतिशले पहिलो ओभरमा नै विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले २ विकेटकोे क्षतिमा १११ रन बनायो।
सन्दीपले अर्धशतक प्रहार गरे। उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए। लोकेश बमले १३ बलमा ३३ रन बनाए। पहिलो खेलमा नेपालले इ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।