Banner Nepal
बडादशैंको दोस्रो दिन आज पनि टीका र जमरा थाप्न जानेहरुको लर्को

काठमाडौं । बडादशैंको दोस्रो दिन आज पनि दशैंको टीका र जमरा लगाइँदै छ।शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिने क्रम सुरु भइसकेको छ ।

यो क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । कुनै ठाउँमा भने विजया दशमीको एक दिन मात्रै टीका लगाउने प्रचलन छ।

आजका दिन काठमाडौंको बुढानीलकण्ठ भक्तपुरको चाँगुनारायण आदि भगवान् विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस   एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवानको पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update