काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल भान्सामा चिया बनाउने क्रममा लडेर घाइते भएकी छन् ।
भान्सामा पोखिएको दूधमा चिप्लिदा उनी लडेकी हुन् । पार्टी निकट पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले घटनाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार गायत्रीको देब्रै हात भुइँमा बजारिदा फ्याक्चर भएको छ । लडेर घाइते भएकी उनलाई तत्कालै माधव नेपाल सहितको टोलीले बीएण्डबी अस्पताल ग्वार्को लगेको थियो ।
सुवेदीले फेसबुकमा लेखेका छन् – आदरणीय कमरेड गायत्री नेपाल आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना । आज विहानै पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालले विभिन्न विषयमा छलफल गर्न मलाई घरमा बोलाउनु भएको थियो । उहाँ हामीसँग कुराकानीमा व्यस्त हुँदा किचेनमा काम गरिरहनु भएकी उहाँकी धर्मपत्नी कमरेड गायत्री पोखिएको दुधमा चिप्लिएर लड्नु भयो । उहाँको देब्रे हात भुइँमा बजारिएर फ्याक्चर भएको छ । अध्यक्ष कमरेड आफैंले उहाँलाई बिएण्डबी अस्पताल ग्वार्को लैजानुभयो, साथमा कमरेड नितेश पनि हुनुहुन्छ । कमरेडको शीघ्र स्वास्थ्यलाभको कामना ।