तुफानका कारण अमेरिकामा १६ जनाको मृत्यु, लाखौं घरमा बिजुलीको लाइन काटियो
काठमाडौं । अमेरिकामा मिल्टन तुफानका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । बुधबार आएको उक्त तुफानका कारण बिहिबार १० जनाको मृत्यु भएसँगै अहिलेसम्म १६ जनाको मृत्यु भएको हो । तुफानका कारण थप मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
फ्लोरिडाको एक अपार्टमेन्टबाट करिब ४ सय मानिसको उद्धार गरिएको छ । उक्त अपार्टमेन्टमा करिब २ हजार मानिस रहेको बताइएको छ ।
बुधबार आएको मिल्टन आँधीले फ्लोरिडामा क्षति पुर्याएको हो । जसका कारण ३० लाखभन्दा बढी घरको बिजुली काटिएको छ भने पिउने पानीको पनि समस्या भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ ०९:१४
प्रतिक्रिया दिनुहोस्